• १३ असोज २०८१, आइतबार

मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा विष्ट

blog

विराटनगर समाचारदाता

विराटनगर, चैत २ गते । गोरखापत्र दैनिकका मोरङ समाचारदाता महेन्द्र विष्टलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले बुधबार विष्टलाई सल्लाहकार नियुक्त गर्नुभएको हो। 

पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएका विष्ट २०५२ सालदेखि पत्रकारिता पेसामा क्रियाशील हुनुहुन्छ। उहाँले आमसञ्चार विषयमा अध्यापनसमेत गराउँदै आउनुभएको छ। 

पत्रकार विष्टलाई निजामती सेवाको उपसचिव तथा सो सरहको सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव जीवन कार्कीले जानकारी दिनुभयो।