• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिमा पौडेल सर्वाधिक उपयुक्त व्यक्ति : नेता निधि

blog

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ ज्ञापन गर्नुहुँदै । तस्बिर : निधिको निजी सचिवालय

काठमाडौं, फागुन २६ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा बधाई दिँदै नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सफल कार्यकालको शुभकामना दिनु भएको छ । नवानिर्वाचित राष्ट्रपति पौडेललाई भेट्न नेता निधि शुक्रबार साँझ उहाँकै निवास बोहोराटार पुग्नु भएको थियो । 

भेटमा संविधानको सफल कार्यान्वयन, राष्ट्रपतिको भूमिका, उपराष्ट्रपतिको आसन्न चुनावलगायत समसामयिक विषयमा राष्ट्रपति पौडेल र नेता निधिबीच कुराकानी भएको थियो।

निधिले राष्ट्रियता, लोकतन्त्र, समाजवादको साथै संघीय गणतन्त्र र संविधानको लागि पौडेल सर्वाधिक उपयुक्त व्यक्ति भएको बताउनु भएको जानकारी निधिको निजी सचिवालयले जनाएको छ ।