• १३ असोज २०८१, आइतबार

पाथीभरामा पार्किङस्थल निर्माण हुँदै

blog

कुट्टिडाँडामा सुविधा सम्पन्न पार्किङस्थलको शिलान्यास गरिदै । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), फागुन २२ गते । इलामको रोङ गाउँपालिका –३ स्थित पाथीभरा मन्दिरलाई लक्षितगरी कुट्टिडाँडामा सुविधा सम्पन्न पार्किङस्थल निर्माण गरिने भएको छ । कोशी प्रदेशको लगानीमा निर्माण हुने पार्किङस्थलको कोशी प्रदेशका शहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईले शिलान्यास गर्नुभयो ।  

प्रदेश सरकारको २ करोड ८५ लाख ३४ हजार ७ सय १५ रुपियाँको लागतमा सम्पन्न हुने पार्किङ स्थलको किरात माई भगवती जेभी इलामले निर्माणको जिम्मा पाएको छ । उक्त पार्किङ स्थलको २०८१ असार २८ गते सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भइसकेको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो । शिलान्यास गर्दै मन्त्री चापागाईले समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । 

कार्यक्रममा प्रदेश सांसद समशेर राई, खिनु लङ्वा लिम्बु, शहरी विकास मन्त्रालयका सचिव मोहन चापागाई, गाउँपालिकाका अध्यक्ष स्याङ्बो, उपाध्यक्ष बिष्णुमाया भुजेल, पूर्व सांसद धिरन्द्र शर्मा, शहरी विकास तथा भवन डिभिजन कार्यालय इलामका प्रमुख रिजनिस झाको उपस्थिति रहेको थियो । 

उक्त पार्किङ स्थल निर्माण भएमा पाथीभरा आउने पर्यटकलाई सवारी पाकिङमा सहज हुनेछ । पाथीभरामा बर्षेनी ५ लाख भक्तजन भित्र्याएर १ करोड बढी आम्दानी गाउँपालिकाले गर्ने लक्ष्य लिएको छ ।