काठमाडौं, फागुन १८ गते । भारतको गुजरातमा हुने व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल पारा ओलम्पिक कमिटीले बिहीबार सानोगौचरणमा आयोजित कार्यक्रमबीच १२ खेलाडीको नाम सार्वजनिक गरेको हो ।
छनोट भएका खेलाडीहरुमा हिमालय आर्यल (कप्तान), रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोम राई, फणिनारायण पौडेल, रमेश खत्री, वरुण मगर र राजु कट्वाल हुनुहुन्छ । प्रशिक्षकमा भरत कार्की रहनुभएको छ ।
चैत १ देखि ६ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन लिगका आधारमा खेलिने खेलमा शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ ।