• १३ असोज २०८१, आइतबार

‘कोशी प्रदेश’ नामकरणपछि आज सार्वजनिक बिदा

blog

मोरङ,  फागुन  १८ गते । प्रदेश नं. १ सभाबाट प्रदेशको नाम ‘कोशी प्रदेश’ राखिएको अवसरमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी सूचनामा सम्पूर्ण प्रदेशका बासिन्दालाई बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ । रासस