• २४ पुस २०८१, बुधबार

पारास्यो प्रतियोगिताको उपाधि थुदामले लियो

blog

पारास्यो प्रतियोगिताको उपाधिका लागि खेल्दै थुदामका खेलाडी फुर्पु भोट, निमाछिरिङ भोटे र रिदाकका खेलाडी डुक्पा बोम्बा र च्यावा च्यावा । तस्बिर: छेटु शेर्पा 

काठमाडौँ, फागुन १७ गते । ग्याल्पो लोसारको अवसरमा आयोजना गरिएको पारास्यो प्रतियोगिताको उपाधि थुदामले हात पारेको छ । रिदाक सरोकार समाज काठमाडौँले मंगलबार गोकर्णेश्वरको सहिदपार्कमा आयोजना गरेको उक्त प्रतियोगितामा २२ समूहलाई हराउँदै थुदाम टोलीका खेलाडी फुर्पु भोट र निम छिरिङ भोटेले उक्त उपाधि हात पारेको हो । 

प्रतियोगितामा रिदाक टोलीको तर्फबाट डुक्पा बोम्बा र च्यावा च्यावा दोस्रो भए । सङ्खुवासभा र ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्नेहरू यस प्रतियोगितामा सहभागिता रहेको थियो । प्रथम हुनेले नगद पाँच हजार सहित खदा र मालाले पुरस्कृत गरेको थियो भने प्रतियोगितामा मातृभाषामा उत्कृष्ट खेल प्रस्तुति गर्ने (स्वगे) र उत्कृष्ट भेषभुष लगाउनेलाई समेत नगद सहित पुरस्कृत गरिएको थियो । 


विशेष गरी भोट क्षेत्र र उच्च हिमाली क्षेत्रको सांस्कृतिक खेलको रूपमा चिनिने यो पारस्यो आजभोलि लोप हुँदै गएपछि रिदाक सरोकार समाजले लोसारको अवसर पारेर आयोजना गरेको अध्यक्ष छिन्डुम मेनक्पा भोटेले जानकारी दिनुभयो । अग्रजहरू बाहेक युवा पुस्तामा यो खेलको आकर्षण घट्दै गएको भन्दै प्रत्येक वर्ष र विभिन्न कार्यक्रमहरूमा खेललाई निरन्तर खेलाउँदै जाने उहाँको भनाई छ ।