• १६ भदौ २०८१, आइतबार

जसपा सांसद सहनाज रहमानको निधन

blog

प्रतिनिधि सभा सदस्य सहनाज रहमान । फाइल तस्बिर

काठमाडौं, फागुन १३ गते। जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभा सदस्य सहनाज रहमानको निधन भएको छ। 

भक्तपुरको घ्याम्पेडाँडामा वनभोज गएकी सांसद रहमानलाई एक्कासि ह्रदयघात भएको थियो। 

ह्रदयघात भए लगत्तै मध्यपुर ठिमी अस्पताल पुर्याइएकी उहाँलाई अस्पतालले मृत घोषणा गरेको जसपाले जनाएको छ। 

झापा घर हुनुभएका रहमान ६२ वर्षकी हुनुहुन्थ्यो। उहाँको शव अहिले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने जसपाले जनाएको छ।