• १३ साउन २०८१, आइतबार

सुन आयात कोटा बढाउन माग

blog

काठमाडौँ, फागुुन ९ गते । सुनचाँदी व्यवसायीले सुुनको कोटा बढाउन माग गरेका छन् । नेपाल सुुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घले सोमबार राजधानीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर सुनको कोटा बढाउन माग गरेका हुन् । 

बिहे लगनको सिजन हुुँदा बजारमा उच्च माग भए पनि आपूर्ति न्यून हुुँदा माग धान्न कठिन भएको भन्दै व्यवसायीले कोटा बढाउन माग गरेका हुुन् । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले हाल दैनिक ३५ देखि ४० किलो सुन माग रहेकामा १० केजी मात्र आपूर्ति हुँदा अभाव भएको जानकारी दिनुुभयो । कोटा प्रणाली निश्चित समयका लागि उपयुक्त भए पनि दीर्घकालीन रूपमा उपयुक्त नहुुने हुुँदा बजार मागअनुसार सुनको आपूर्ति गर्नुुपर्ने उहाँको भनाइ छ । 

बजारमा सुनको माग उच्च हुुँदा पुुराना गहना, मौज्दात भएको सुनको बजार माग धानिरहेको व्यवसायीको भनाइ छ । 

राष्ट्र बैङ्कले दैनिक गत वर्ष चैतदेखि दैनिक २० केजी कोटा घटाएर १० केजी सुन आयातको कोटा निर्धारण गरेको थियो । वाणिज्य बैङ्कले सुन आयात गरेर व्यवसायीलाई वितरण गर्ने गर्छ । बैङ्कबाट सुन लिन झन्झटिलो प्रक्रिया रहेकाले समयमा पाउन कठिन भएको व्यवसायीको भनाइ छ । माघको दोस्रो साता एक लाख सात हजार पाँच सय रुपियाँ पुुगेको सुनको मूूल्य सोमबार घटेर एक लाख तीन हजार दुुई सय रुपियाँमा झरेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्य उतारचढाव भइरहेको छ । 

सुनचाँदी व्यवसाय नियमन गर्न र बजार व्यवस्थित गर्न सुनचाँदीसम्बन्धी निर्देशिका ल्याउन आवश्यक रहेको व्यवसायीको भनाइ छ । भन्सारबाट विधिवत् रूपमा ल्याएका गरगहना पसलमा अवैध सम्झने, व्यवसायीलाई त्रसित र आतङ्कित बनाउने हुुँदा भन्सार नाकामा परीक्षण गरेर मात्र ल्याउनुपर्ने व्यवसायीको भनाइ छ । विदेशबाट आउने नेपालीले ५० ग्राम सम्म र भन्सार शुुल्क तिरेर थप एक सय ग्राम सुनका गरगहना ल्याउन पाइने व्यवस्था रहेको छ । यसरी आउने सुनले बजार माग धान्ने गरेको व्यवसायी बताउँछन् । खुला सिमानाका कारण चोरी तस्करीबाट समेत ठूलो परिणाममा सुन आयात हुुने गर्छ । 

नेपाल हस्तकला व्यवसायी महासङ्घका चालू आर्थिक वर्षको सात महिनामा नेपालबाट सात करोड २२ लाख रुपियाँ बराबरको सुनका गहना र ३४ करोड ९३ लाख रुपियाँ बराबरको चाँदीका गहना निर्यात भएका छन् । 

यसैबीच चालू आर्थिक वर्षको छ महिनामा १० अर्ब ९५ करोड ७१ लाख ९१ रुपियाँ बराबरको एक हजार ५१६ केजी सुन आयात भएको भन्सार विभागको तथ्याङ्क छ । सो अवधिमा ३२ करोड ४८ लाख १८ हजार रुपियाँ बराबरको ३५ लाख २३ हजार ग्राम अर्थात् तीन हजार ५२३ किलो चाँदी आयात भएको छ ।