• १३ साउन २०८१, आइतबार

राष्ट्रिय बाल नाटक महोत्सवमा २९ नाटक

blog

काठमाडौँ, फागुन ३ गते । रुसी सदनको आयोजनामा रातोपुलस्थित शैली थिएटरमा १४औँ राष्ट्रिय बाल नाटक महोत्सव सुरु भएको छ । माघ २९ गतेदेखि सुरु भएको महोत्सवमा २९ वटा नाटक समावेश गरिएको छ भने संस्थागत विद्यालय सङ्घ नेपाल (इसान)को सहकार्य रहेको छ । नौ दिनसम्म चल्ने महोत्सवमा विभिन्न विषयका नाटक मञ्चन हुनेछन् । यसमा प्रतियोगी र अप्रतियोगी नाटक समावेश हुनेछन् । काठमाडौँ उपत्यका र बाहिरी जिल्लाहरूबाट पनि नाटक समावेश गरिएको शैली थिएटरका कार्यकारी संयोजक सविन न्यौपानले बताउनुभयो । 

उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सांसद सोविता गौतम, विशिष्ट अतिथि बाल साहित्यकार रामबाबु सुवेदी, वरिष्ठ गीतकार रामेश श्रेष्ठ, वरिष्ठ रङ्गकर्मी निशा शर्मा, रुसी सदनका निर्देशक आन्तोन मस्लोव, इसान अध्यक्ष मदन रेग्मी, कवि तथा सहित्यकार महेश पौडेललगायतको उपस्थिति थियो । महोत्सवमा निर्णायकको भूमिकामा नाट्यकर्मीहरू बाबुराम रेग्मी, किशोर अनुराग, कान्छी महर्जन रहनुभएको छ । बालबालिकाका विषयवस्तुलाई केन्द्रमा राखी कार्य गर्ने शैली थिएटरले विगत १३ वर्षदेखि हरेक वर्ष राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आइरहेको छ । महोत्सव फागुन ८ गतेसम्म चल्नेछ ।