• १३ साउन २०८१, आइतबार

छाउगोठकी आमा लोकार्पित

blog

काठमाडौँ, फागुन २ गते ।  नेपाल स्रष्टा समाजले कवि जानु धितालको पहिलो कवितासङ्ग्रह ‘छाउगोठकी आमा’ लोकार्पित गरेको छ । साहित्यकार नगेन्द्रराज शर्मालगायतले संयुक्त रूपमा कवितासङ्ग्रहको लोकार्पण गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि शर्माले जानुका कवितामा नारीका दमित आवाज मुखरित भएको बताउनुभयो ।

नारीका चेतनाका साथै समसामयिक विषयका २६ कविता रहेको ‘छाउगोठकी आमा’का बारेमा प्रा.डा. भरतकुमार भट्टराई, डा. शान्तिमाया गिरी र कवि स्नेह सायमीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । 

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको कार्यक्रममा संरक्षक पवन आलोक, पूर्वअध्यक्ष विधान आचार्य र कवि माधव बिडारीले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।