• ९ मंसिर २०८१, आइतबार

भारतद्वारा नयाँ रकेट प्रक्षेपण

blog

नयाँ दिल्ली, माघ २७ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले आफ्नो नयाँ रकेट, स्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ । योसँगै शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको छ ।

एक सय २० टन तौल भएको ३४ मिटर अग्लो नयाँ रकेटले स्थानीय समय अनुसार बिहान ९ः१८ बजे दक्षिणी भारतीय राज्य आन्ध्रप्रदेशस्थित बङ्गालको खाडीको किनारमा रहेको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट उडान भरेको थियो ।

गतवर्ष अगस्ट ७ मा गरिएको रकेटको पहिलो परीक्षण उडान आंशिक मात्रामा मात्र सफल भएको थियो । रासस/सिन्ह्वा