• १२ असोज २०८१, शनिबार

लागूऔषधसहित दुई पक्राउ

blog

जयकृष्ण यादव

इनरुवा, माग १३ गते । सुनसरीको हरिनगर गाउँपालिकाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । बुधबार सुनसरीको हरिनगर गाउँपालिका वडा २ स्थित रामनगर भुटाहा सडकमा शंकास्पद रुपमा दक्षिणबाट उत्तरतर्फ आउँदैगरेको प्र.१–०२०४९ प. ५५६९ नम्बरको र को.११ प.८४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको हो । 

प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सुनसरी हरिनगर गाउँपालिका वडा नं. १ का २० वर्षीय तामिर अंसारी र बसिम अंसारीले प्लाष्टिकको झोलामा परिमाणको ट्रामोडल हाईड्रोकल्लोराइट क्याप्सुल ५० ग्राम लेखिएको फेला परेकाले बरामद गरी आवश्यक कार्वाहीका लागि औषधि व्यवस्था विभाग पठाइएको प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।