• १२ असोज २०८१, शनिबार

मन्त्री राईद्वारा आगलागी पीडितलाई सहयोग

blog

कविराज घिमिरे 

हिले, माघ ११ गते । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले धनकुटाको सिंधुवा बजारका आगलागीपीडितलाई आफ्नो मासिक तलबबाट आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री राईले छथर जोरपाटी गाउँपालिका –६ स्थित सिंधुवा बजारमा पुगेर आठ जना पीडितलाई नगद ५५ हजार रुपियाँ सहयोग गर्नुभएको हो । 

सहयोग हस्तान्तरणमा बोल्दै मन्त्री राईले आगजनीमा नष्ट भएको घर आफ्नो पहलमा बनाइदिने प्रतिबद्धता जनाउनुभयो । मन्त्री राईले आगलागी पीडितहरु झमक थापालाई १५ हजार, सन्तबहादुर राईलाई १० हजार र लीला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरलाई जनही पाँच–पाँच हजार नगद प्रदान गर्नुभएको हो । 

गत पुस ३० गते राति आगलागी हुँदा छथर जोरपाटी गाउँपालिका –६ स्थित सिंधुवा बजारका पाँच घर जलेर नष्ट हुँदा ४९ लाख बराबरको क्षति भएको थियो । यसअघि गाउँपालिका, रेडक्रस, सूर्यबहादुर थापा फाउण्डेसन, प्रदेश सांसद इन्दिरा थापाले पनि आगलागी पीडितलाई नगदसहित विभिन्न सामग्री प्रदान गरेका छन् ।