• ८ पुस २०८१, सोमबार

कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुने

blog

छिन्चु समाचारदाता

सुर्खेत, माघ ११ गते । कर्णाली प्रदेशमा आज (बुधबार) मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डा मिलेपछि मन्त्रिपरिषद् विस्तार हुने लागेको हो । मङ्गलबार बसेको दुई दलको बैठकले मन्त्रालय भागबण्डाको विषय टुङ्ग्याएका हुन् । 

भागबण्डा अनुसार नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा शहरी विकास, आन्तरिक मामिला तथा कानुन र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय, नेकपा एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको  छ । 

कर्णाली प्रदेशमा ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको थियो । बैठकमा सहभागी माओवादी दलका नेता मुख्यमन्त्री राजकुमार शर्माले बुधबार बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभयो ।