• ९ मंसिर २०८१, आइतबार

सुदूरपश्चिमले तत्काल सभामुख नपाउने

blog

सुदूरपश्चिम प्रदेश सभा भवन । फाइल तस्बिर

प्रकाशविक्रम शाह 

धनगढी, पुस ३० गते । नागरिक उन्मुक्ति पार्टीले मतदान नगर्ने भएपछि सुदूरपश्चिम प्रदेश सभाले सभामुख तत्काल नपाउने भएको छ । नागरिक उन्मुक्तिका  लक्ष्मणकिशोर चौधरीले प्रदेश सभामा बोल्दै अहिले तत्काल कुनै पक्षलाई मतदान नगर्ने बताएपछि सभामुख निर्वाचन अन्येलमा परेको हो । सत्ता पक्षमा रहेको उन्मुक्ति पार्टीले मतदान नगर्ने भएपछि निर्वाचित हुन आवश्यक सङ्ख्या २७ नपुग्ने भएको हो । 

५३ सदस्यीय प्रदेश सभामा सभामुख निर्वाचित हुन ५१  प्रतिशत अर्थात् २७ जना सदस्यको मत आवश्यक हुन्छ । सत्ता पक्षसँग आवश्यक सङ्ख्याभन्दा दुई जना बढी अर्थात् २९ सांसद छ्न् । तर उन्मुक्ति पार्टीका सात जनाले मतदान नगर्ने भएपछि अब सत्ता पक्षसँग २२ जना मात्र रहने भएका छ्न् । सत्ता पक्षमा माओवादीका ११, एमालेका १० र राप्रपाका एक प्रदेशसभा सदस्य छ्न् । 


नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभामा प्रतिनिधित्व गर्ने सदस्यहरु । तस्बिर : प्रकाशविक्रम शाह

सभामुखमा सत्ता पक्षबाट माओवादीका भीमबहादुर भण्डारी र  नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ । रावलका पक्षमा कांग्रेसका १९, समाजवादीका चार र स्वतन्त्रका एक प्रदेश सभा सदस्य छ्न्। अहिले चुनावी प्रक्रिया जारी छ । पुस २८ गते पनि  एक मत नपुगेर माओवादीका भण्डारी सभामुख छानिनबाट वञ्चित हुनुभएको थियो । उहाँले २६  मत पाउनुभएको थियो । कांग्रेसका रावलले २३ मत पाउनुभयो । नागरिक उन्मुक्ति पार्टीले आफूले उठाएको माग सम्बोधन भएपछि मात्र सभामुख निर्वाचनमा सहयोग गर्ने अडान राखेको छ ।