• १३ साउन २०८१, आइतबार

संस्कृति साझा विश्वव्यापी महोत्सव सम्पन्न

blog

काठमाडौं, पुस २७ गते । युवा नेतृत्वको संस्था एसोसिएसन इन्टरनेशनल डेस एटुडियन्ट्स एन साइन्सेस इकोनोमिकेस एट कमर्शियल (एआईईएसईसी) को आयोजनामा काठमाडौंमा ‘ग्लोबल भिलेज’ कार्यक्रम सम्पन्न भएको छ ।

ठमेलस्थित छायाँ सेन्टरमा पुस १५ गते आयोजित कार्यक्रममा विभिन्न देशको खाना, गित, संगित र त्यहाँको उत्पादनलाई प्रदर्शनी गरिएको थियो । कार्यक्रममा तीन हजारभन्दा बढी मानिसको सहभागिता रहेको आयोजक एआईईएसईसीले जनाएको छ । एआईईएसईसीका अनुसार यस कार्यक्रमले संस्कृति र देशबीचको भिन्नतालाई एक मानवताका रूपमा मनाउन ठूले सहयोग गरेको छ ।

विश्वव्यापी यस महोत्सवले युवाहरूलाई एक ठाउँमा आबद्ध गर्न, विभिन्न देशको विविधता साझा गर्ने, स्थानीयहरूसँग अन्तरक्रिया गर्न, संस्कृति साझा गर्न र शान्तिको विचार प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताईएको छ ।