पुनो (पेरु), पुस २७ गते । पेरुका राष्ट्रपति डिना बोल्वार्टेमाथि सरकारविरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा अनुसन्धान थालिएको छ । गत डिसेम्बरदेखि भएका सरकार विरोधी प्रदर्शनमा कम्तीमा ४० जना मारिएपछि राष्ट्रपतिको भूमिकालाई लिएर छानबिन थालिएको हो ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सोमबार भएको झडपमा १८ जनाको मृत्यु भएपछि मङ्गलबार हिंसात्मक प्रदर्शन दबाउन सरकारले दक्षिणी पुनो क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको छ ।
अपुरिमक, ला लिबर्टाड, पुनो, जुनिन, अरेक्विपा र अयाकुचो क्षेत्रमा सरकार विरोधी प्रदर्शनका क्रममा भएका दमनमा राष्ट्रपतिको भूमिकालाई लिएर अनुसन्धान भइरहेको सरकारी अभियोजन कार्यालयले जनाएको छ । डिसेम्बर ७ मा पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थकहरूले बोल्वार्टेविरुद्ध आन्दोलन गर्दै आएका छन् । रासस/एएफपी