• १३ साउन २०८१, आइतबार

प्रा. शर्मालाई आदर्श गुरु सम्मान

blog

काठमाडौँ, पुस २६ गते । भीमदर्शन रोका स्मृति कोषले ‘भीमदर्शन आदर्श गुरु सम्मान–२०७९’बाट प्रा. गोपीकृष्ण शर्मालाई सम्मान गरेको छ। काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. महेश्वर शर्माले प्रा. शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको हो। सोही अवसरमा ‘भीमदर्शन आदर्श सेवा सम्मान’ गायत्री चेतना केन्द्र, नेपाललाई प्रदान गरियो। 

उक्त सम्मानका साथ ५० हजार एक नगदसमेत प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि डा. महेश्वर शर्माले योग्य व्यक्तिलाई योग्य सम्मान अर्पण गर्न पाउँदा खुसी लागेको बताउनुभयो। सम्मानित व्यक्तित्व प्रा. शर्माले एउटा गुरुको नाममा स्थापित सम्मान प्राप्त गर्दा गर्वबोध भएको बताउनुभयो। 

सिद्धार्थ वनस्थलीका २०४० सालका एसएलसी समूहको संयोजनमा भएको कार्यक्रममा सर्जक यादव भट्टराई र कोषका अध्यक्ष जयदेवकृष्ण श्रेष्ठले कवि भीमदर्शनका बारेमा चर्चा गर्नुभएको थियो।