• १२ असोज २०८१, शनिबार

ओखलढुङ्गामा पाँच महिनामा नौ बलात्कारजन्य घटना

blog

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा । फाइल तस्बिर

शेरबहादुर राई
ओखलढुङ्गा, पुस २१ गते ।
ओखलढुङ्गामा पाँच महिनाको अवधिमा नौ वटा बलात्कारजन्य घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका तथ्याङ्क अनुसार पाँच महिनाको अवधिमा नौ वटा बलात्कारजन्य घटना दर्ता भएको हो ।

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा नौ वटा बलात्कार जन्य घटनाका उजुरी परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक केशव अधिकारीले बताउनुभयो ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार जबरजस्ती करणीका छ वटा, जबरजस्ती करणी उद्योग दुई वटा र एउटा बालयौन दुराचार घटनाका उजुरी कार्यालयमा आएका छन् ।