काठमाडौं, पुस १० गते । अभिनेत्री विपना थापा धेरै समयपछि फिल्ममा कमब्याक गर्दै हुनुहुन्छ । उहाँले चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ बाट कमब्याक गर्न लाग्नुभएको हो ।
फिल्ममा चार जनाको मुख्य भूमिका रहेको छ । त्यसमध्ये एक पात्रको रूपमा विपना थापालाई देख्न सकिनेछ ।
विपना पछिल्लो समय फिल्म ‘सङ्घर्ष जिन्दगीको’ मा देखिनुभएको हो । भारतका आशुतोष भारद्वाजसँग विवाह गरेपछि उहाँ फिल्मबाट टाढा भएका हुन् ।
यसअघि ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकारहरू ब्रह्मानन्दम, सुनिल वर्मा, प्रदीपराज रावत र अलि अनुबन्धित भइसकेका छन् । नीता फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्ममा अभिनेत्री नीता ढुङ्गाना, हरिहर अधिकारी, सरोज खनाल र सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ ।
नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने फिल्म नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायाङ्कन हुने बताइएको छ ।