• ८ मंसिर २०८१, शनिबार

हिराकाजी र नागेन्द्रको ‘लुखुर लुखुर’मा किरण र रचनाको स्वर

blog

काठमाडौं, पुस ५ गते। गायिका रचना रिमाल र गायक किरण भुजेलको स्वर रहेको  ‘लुखुर लुखुर’ बोलको गीतको भिडियो रिलिज भएको छ। गीतमा नागेन्द्र श्रेष्ठको संगीत र गीतकार थापाको शब्द रहेको छ। 

काठमाडौंका केही रमणीय क्षेत्रमा छायांकन गरिएको भिडियोमा चर्चित अभिनेता विल्सन विक्रम राई, सागर खनाल,  बेदना राई, लोसीना लामिछाने, सौगात करनजीत र गंगा कुंवरको अभिनय देख्न सकिन्छ।

वैँशालु उमेरमा सुटुक्क प्रेममा पर्ने युवाको कथामा लोसीना, सागर, विल्सन र बेदना खुलेको देख्न सकिन्छ। निर्देशक थापाको ‘लुखुर लुखुर’ सातौँ प्रस्तुति हो। यसअघि उनले भर्चुअल माध्यमबाट बेलायतदेखि नै भिडियोको निर्देशन गर्दै आउनुभएको छ। 

गीतकार तथा निर्देशक थापाकै निर्माण रहेको भिडियोको कोरियोग्राफी प्रमोद के भण्डारीले गर्नुभएको हो। संजय लामाको छायांकन, प्रवीन भट्टको सम्पादन र राजेन्द्र मोक्तानको कलरिगं रहेको भिडियो द रिल्स इन्टरटेन्मेन्टमार्फत बजारमा आएको हो।