• ७ पुस २०८१, आइतबार

दक्षिण कोरियालाई एसियन रग्बी उपाधि

blog

उपाधिसहित दक्षिण कोरिया टोली । तस्बिर : गोरखापत्र

काठमाडौं, मंसिर २५ गते । यू–१८ एसिया रग्बी सेभेनको उपाधि दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) ले जितेको छ । दशरथ रङ्गशालामा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ दक्षिण कोरियाले र युएईले महिलातर्फ उपाधि जितेको हो । पुरुषको फाइनलमा दक्षिण कोरियाले युएईलाई २१–१७ ले हरायो । 

पुरुषतर्फ मलेसिया तेस्रो भयो । मलेसियाले भारतलाई ३६–५ ले हरायो । थाइल्यान्डले चाइनिज ताइपेईलाई १९–० ले हराउँदै प्लेट च्याम्पियनसिपको उपाधि जित्यो । नेपाल बङ्गलादेशलाई हराएर सातौँ स्थानमा रह्यो । महिलातर्फको फाइनलमा युएईले भारतलाई २६–५ ले हराउँदै उपाधि जितेको हो ।

थाइल्यान्डले मलेसियालाई १९–७ ले हराउँदै तेस्रो भयो । महिलातर्फ नेपालले एउटै खेल जित्न सकेन । दुई दिने प्रतियोगितामा पुरुषतर्फ आयोजक नेपालसहित भारत, बंगालादेश, थाइल्यान्ड, मलेसिया, दक्षिण कोरिया, युएई र चाइनिज ताइपेई गरी आठ देशको सहभागिता रहेको थियो । महिलातर्फ नेपाल, भारत, मलेसिया, युएई, थाइल्यान्ड र मलेसियाको गरी पाँच टोलीको सहभागिता थियो ।