• १२ असोज २०८१, शनिबार

झापा मोरङ सन्थाल क्लबलाई सन्थाल कप उपाधि

blog

उपाधि विजेता झापा मोरङ सन्थाल फुटबल क्लबका खेलाडी । तस्बिर : गोरखापत्र

लिलाराज खड्का

बिर्तामोड, मंसिर २५ गते । प्रथम सन्थाल कप फुटबल प्रतियोगिताको उपाधि आयोजक झापा मोरङ सन्थाल फुटबल क्लबले हात पारेको छ । झापाको कनकाई नगरपालिकामा आयोजित लोपोन्मुख सन्थाली युवा समुदायको फुटबल प्रतियोगिताको फाइनलमा आयोजक झापा मोरङ सन्थालले राजगढ सन्थाल फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि जितेको हो ।

उपाधिसँगै विजयी टिमले ३० हजार रुपियाँ र उपविजेता टिमले २० हजार रुपियाँ पुरस्कार पायो । विजेतालाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लगाई, फुटबल प्रशिक्षक सन्त रायमाझी, नेपाल सन्थाल आदिवासी जनजातिकका केन्द्रीय अध्यक्ष सुन्दर बेस्रा लगायताले पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी राजु हस्दा, उत्कृष्ट गोलरक्षक विकास टुडु र सर्वोकृष्ट खेलाडी राजगढका आशिस टुडु हुनुभयो । प्रतियोगिताबाट एक उत्कृष्ट सन्थाली युवाको फुटबल टिम तयारी गरिने आयोजक समितिका अध्यक्ष बाबुलाल मुर्मुले बताउनुभयो ।