• ११ असोज २०८१, शुक्रबार

त्रिविबाट ६३ हजार विद्यार्थी दीक्षित

blog

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार पुल्चोकमा त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा सहाभागी हुँदै । तस्बिर : रोशन सापकोटा

काठमाडौं, मङ्सिर २३ गते। त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन्। 

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले दिनुभएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन्। 

समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो। समारोहमा सेन्टर युनिभर्सिटी अफ पञ्जाब भारतका पूर्वउपकूलपति राघवेन्द्र पी तिवारी प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।

हाल देशका ७७ मध्ये ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयका एक सय १२ वटा आंगिक क्याम्पस रहेका छन्। उपकुलपति बास्कोटाले ५० वर्ष पुराना भौतिक संरचनालाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको भएतापनि अहिलेसम्म पुनःनिर्माणका कुनै पनि काम नभएकोमा नैराश्यता थपिएको बताउनुभयो। रासस