• १२ असोज २०८१, शनिबार

गृहमन्त्री खाण र माओवादी अध्यक्ष दाहालबीच भेट

blog

गृहमन्त्री बालकृष्ण खाण र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल । फाइल तस्बिर

काठमाडौं, मङ्सिर १९ गते । गृहमन्त्री बालकृष्ण खाण र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको थियो ।

भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र दुवै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहनु भएको छ ।

मङ्सिर ४ गते भएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा गएका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुकको विकास गर्न एकजुट भएर लाग्नेबारे कुराकानी भएको थियो ।