• १२ असोज २०८१, शनिबार

मोरङ ६ (क) मा माओवादीका जीवन आचार्य विजयी

blog

हरि कोइराला

उर्लाबारी, मङ्सिर ९ गते । मोरङको निर्वाचन क्षेत्र नं.६ (ख) मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका माओवादी केन्द्रका नेता जीवन आचार्य १९ हजार ४५५ मत प्राप्त गरी विजयी हुनु भएको छ । आचार्य एमाले उम्मेदवार रिता न्यौपानेलाई १ हजार ९७८ मतले पछि पार्दै प्रदेश सदस्य निर्वाचित हुनु भएको हो । न्यौपानेले १७ हजार ५७७ मत पाउनु भयो । 

२०७४ सालमा सोही निर्वाचन क्षेत्रबाट बाम गठबन्धनको उम्मेदवार बन्नु भएका आचार्य त्यस बेला कांग्रेस उम्मेदवार चुमनारायण तवदारसँग पराजित हुनु भएको थियो । 

आचार्य माओवादी नेता प्रचण्डका छोरी ज्वाइँ हुनुहुन्छ । मोरङमा प्रतिनिधि सभामा ६ र प्रदेश सभामा १२ निर्वाचन क्षेत्र रहेका छन् । जसमध्ये सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले ७ जना, माओवादी केन्द्रले ३ जना र नेकपा एकीकृत समाजवादी २ जना उम्मेदवार उठाएको थियो । 

हालसम्म कांग्रेसका  ५ जना, माओवादी केन्द्रका एक जना विजयी भएका छन् । एमालेका उम्मेदवार ४ जना विजयी भएका छन् । दुई निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ ।