कबिराज घिमिरे
हिले, मङ्सिर ८ गते। धनकुटाको प्रदेशसभामा नेकपा (एमाले) विजयी भएको छ। प्रदेशसभा (क) र (ख) मा एमाले विजयी भएको हो।
धनकुटा प्रदेशसभा (क)मा नेकपा (एमाले)का निरन राई १७ हजार १८ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का अर्जुन राईले १० हजार २ सय २५ मत पाउनुभएको छ। जनता समाजवादीका रकम चेम्जोङले आठ हजार २ सय ४७ मत ल्याउनुभएको छ।
धनकुटा प्रदेशसभा (ख)मा नेकपा (एमाले) इन्द्रमणि पराजुली निर्वाचित हुनुभएको छ । पराजुली १५ हजार ७ सय ९७ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी (माओवादी केन्द्र)की कुसुमकुमारी श्रेष्ठले ११ हजार २३० मत प्राप्त गर्नुभयो।
मुख्य निर्वाचन अधिकृतबाट प्रमाणपत्र लिनुहुँदै धनकुटा प्रदेशसभा (क)बाट निर्वाचित नेकपा (एमाले)का निरन राई। तस्बिर : कविराज