• १२ असोज २०८१, शनिबार

पाँचथरमा कांग्रेसको अग्रता

blog

राधा लुइटेल 

फिदिम, मङ्सिर ७ गते । पाँचथर जारी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतगणनाको पछिल्लो परिणाम सार्वजनिक हुँदा सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेद्वार बीचको मत अन्तर साँघुरिएको छ ।

पछिल्लो परिणाम अनुसार जिल्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेसका सह महामन्त्री भीष्मराज आङदेम्व नेकपा एमालेका वसन्तकुमार नेम्वाङभन्दा दुई सय ३१ मतले अगाडि हुनुहुन्छ । आङदेम्वेलाई छ हजार ९ सय ६१ मत प्राप्त हुँदा नेम्वाङले ६ हजार ७ सय ३० मत प्राप्त गर्नुभएको छ । अघिल्लो पटकको परिणाम आङदेम्वे र नेम्वाङबीचको मत अन्तर पाँच सय ६२ थियो ।

प्रदेश सभामा गठबन्धनका उम्मेदवार अगाडि

प्रदेश सभा सदस्यतर्फ जिल्लाका दुई वटै प्रदेशमा सत्ता गठबन्धनकै उम्मेदवार अगाडि छन् । प्रदेश २ मा गठबन्धनकातर्फबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबोको मत फराकिलो बन्दै गएको छ । यधपी प्रदेश १ मा भने मत अन्तर साँघुरिँदै गएको छ ।

प्रदेश २ मा आङबोले सात हजार ९ सय ८० मत प्राप्त गर्नुभएकाे छ भने एमालेका अइन्द्रकुमार नेम्वाङले पाँच हजार २ सय ४२ मतसहित उहाँलाई पछ्याइरहनुभएको छ । यहाँ आङवो र नेम्वाङबीचको मत अन्तर मत अन्तर दुई हजार ३८ छ ।

उता प्रदेश सभा १ मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका कमलप्रसाद जवेगु अग्रस्थान हुनुहुन्छ । जवेगुले ७ हजार ४८ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ । एमालेका राजकुमार भण्डारीले ६ हजार ९ सय ३३ मतसहित जवेगुलाई पछ्याइरहनु भएको छ । 

जवेगु र भण्डारीको मत अन्तर एक सय १५ छ अघिल्लो गणनामा यहाँको मतान्तर ३ सय ६७ थियो ।