शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, मङ्सिर ६ गते। समानुपातिक निर्वाचनमा मतगणको आधारमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ। निर्वाचन आयोगको साँझा पाँच बजेको तथ्याङ्क अनुसार एमालेले एक लाख सात हजार १५९ मत प्राप्त गरेको हो।
त्यसैगरी, नेपाली कांग्रेसको ९१ हजार ३७०, राष्ट्रिय स्वतन्त्र पार्टी ४७ हजार २६६, नेकपा (माओवादी केन्द्र)ले ४० हजार १९१, राष्ट्रिय प्रजातन्त्र पार्टीले २६ हजार ६४२ मत प्रप्त गरेका छन्।
त्यस्तै आयोगको तथ्याङ्क अनुसार जनता समाजवादी पार्टीको आठ हजार २१८, जनमत पार्टीले सात हजार ८५१, नेपाल मजदुर किसान पार्टी पाँच हजार ४६१, नेकपा (एकीकृत समाजवादी)ले पाँच हजार ३३५ र अन्य पार्टीले २० हजार ९१८ मत प्राप्त गरेका छन्।