• १२ असोज २०८१, शनिबार

इलाम दुवै क्षेत्रमा एमालेका नेम्वाङ र बस्नेतको अग्रता

blog

प्रेम अधिकारी

पशुपतिनगर(इलाम), मंसिर ६ गते । इलामको दुबै निर्वाचन क्षेत्रमा नेकपा (एमाले)  का उम्मेदवार सुभासचन्द्र नेम्वाङ र महेश बस्नेतले अग्रता लिनुभएको छ । नेकपा (एस) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले शुरुदेखि पछि पार्नुभएको छ । 

क्षेत्र नम्बर १ मा १५ हजार ७१८ मत गणना गर्दा बस्नेतले ६ हजार ६४६ र खनालले ५ हजार ९४३ मत पाउनुभएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ५९,९०६ मत खसेको छ । 

यस्तै, इलाम निर्वाचन क्षेत्र न. २ मा नेवाङले कांग्रेस सभापति डम्बर खड्कालाई पछि पार्दै अग्रता लिनुभएको छ । शुरुदेखि नै पछि पर्नुभएका नेम्वाङले २ हजार ८१५ मत  र खड्काले २ हजार ७१७ मत पाउनुभएको छ ।  नेम्वाङ ९८ मतले अगाडि हुनुहुन्छ । क्षेत्र नं. २ मा ६९ हजार ८५ मत खसेको छ ।