• १३ असोज २०८१, आइतबार

ललितपुर २ मा सूर्य र ३ मा घण्टीको अग्रता

blog

ललितपुर क्षेत्र नम्बर ३ मा मत गन्दै कर्मचारी । तस्बिर : केशब गुरुङ

ललितपुर, मंसिर ५ गते । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार प्रेम महर्जनको अग्रता कायमै रहेको छ। 

ललितपुर २ का निर्वाचन अधिकृत दीपशिखा मुनाकामीका अनुसार एमालेका महर्जनले ६ हजार २००, हाम्रो नेपाल पार्टीका डा. सुदिन शाक्यले चार हजार ८६१ र नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जन तीन हजार ६३ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।

यस्तै, ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीले एक हजार ६०८, एमालेका अमृत खड्काले एक हजार ५१९, नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाल एक हजार १० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।