• १३ असोज २०८१, आइतबार

दोलखामा अझै सुरु भएन मतगणना

blog

मतगणना तत्काल सुरु गर्न माग गर्दै दोलखामा सत्ता गठबन्धन निकट कार्यकर्ताको नाराबाजी। तस्बिर : सुजन काफ्ल

सुजन काफ्ले 

दोलखा, मङ्सिर ५ गते । आइतबार राति नै मतपेटिका सदरमुकाम चरिकोट ल्याइए पनि मतगणना भने अझै सुरु हुन सकेको छैन। दोलखाका ५ स्थानमा बुथ कब्जा भएको र मतदान स्थगित गरेर पुन मतदानको माग गर्दै एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका कारण मतगणना सुरु हुन नसकेको हो। 

निर्वाचन आयोगले २४ घण्टा बितिसक्दा पनि निर्णय दिन सकेको छैन। आयोगका अधिकारीले बैठक चलिरहेको र दोलखाको विवाद बारे साँझसम्म निर्णय दिने बताएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ।

मतगणना तत्काल सुरु गर्न माग गर्दै दोलखामा सत्ता गठबन्धन निकट कार्यकर्ताले नाराबाजी थालेका छन्।  प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मत गणना गर्ने स्थान गौरीशङ्कर बहुमुखी क्याम्पस अगाडि नाराबाजी गरेका हुन्।