• १२ असोज २०८१, शनिबार

सुनसरीमा मन्त्री कार्कीलाई अग्रता

blog

जयकृष्ण यादव

इनरुवा, मङ्सिर ५ गते । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । सुनसरीको निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभाको मतगणना जारी रहेको छ । 

कोशी गाँउपालिका ८ नम्बर वडाको मतपेटिकाको मत गणना भइरहेको छ । अहिले साँझ ६ बजेसम्म भएको ४०० मत गणनाको अवस्थामा नेपाली काग्रेंसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १८५ मत र नेकपा एमाले–जसपा गठबन्धनका तर्फबाट नेकपा एमालेका जगदीश कुसियैतले १३१ मल ल्याउनुभएको छ । यी दुई बीच मुख्य प्रतिस्पर्धा रहेको छ । मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यसैगरी, सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (क) प्रदेशसभाको पनि मतगणना जारी रहेको छ । यहाँ १००० मत गणना गर्दाको मतपरिमाण अनुसार नेपाली काग्रेंसका सदानन्द मण्डलले रुखमा ४१९ र जनता समाजवादी पार्टीका पर्शुराम बस्नेतले छातामा २५६ मत ल्याउनु भएको छ । यी दुई बीच मुख्य प्रतिस्पर्धा रहेको छ । मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।