• १३ असोज २०८१, आइतबार

दाङ १ मा मेटमणि चौधरीको अग्रता

blog

दिवाकर पोख्रेल

देउखुरी, मङ्सिर ५ गते । दाङको प्रतिनिधिसभा क्षेत्र नं १ मा एकीकृत समाजवादीले अग्रता लिएको छ । सहरी विकासमन्त्री मेटमणि चौधरीले नेकपा (एमाले) का नेत्री शान्ता चौधरीलाई पछि पार्दै अग्रता लिनुभएको हो । 

पछिल्लो मत परिणामअनुसार ४०० मत गणना गर्दा एकीकृत समाजवादीका मेटमणि चौधरीले १६१, एमालेकी शान्ता चौधरीले एकसय पाँच र राष्ट्रिय स्वतन्त्र पार्टीका तेस्रो स्थानमा छ । मतगणना अहिले पनि जारी छ ।

यस्तै प्रदेशसभा तर्फ १ (क) मा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुलाई पछि पार्दै एमालेले अग्रता लिएको छ । यस्तै प्रदेश १ (ख) मा कांग्रेसका अनुराग खड्काले एमालेका कुलबहादुर केसीलाई झिनो मतले पछाडि पार्नुभएको छ ।