• १३ साउन २०८१, आइतबार

रौतटह ४ मा मतगणना सुरु

blog

काठमाडौं, मङ्सिर ५ गते । रौतहट क्षेत्र नं.४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको  मतगणना जनज्योति मावि चन्द्रनिगाहपुरमा सुरु भएको छ ।

निर्वाचन अधिकृत गुणराज पराजुलीले पहिला प्रतिनिधि सभातर्फको मतगणना हुने जानकारी दिनुभयो ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभा १, २ गरी तीन वटै क्षेत्रको मतगणना सुरु भइसकेको उहाँले बताउनुभयो ।

रौतहट १ को जुद्ध मावि गौर,  २ को लौकाहा र ३ को जनता मावि कटहरियाको भवनमा मतगणना हुनेछ ।