• १२ असोज २०८१, शनिबार

उदयपुरमा ५४ प्रतिशत मत खस्यो

blog

गाईघाटस्थित त्रियुगा नमूना माध्यमिक विद्यालयमा तयार पारिएको मतगणनास्थल । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, मङ्सिर ४ गते । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि आज भएको निर्वाचन उदयपुरमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाका दुई सय ६४ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।

प्रजिअ गौतमका अनुसार समग्रमा ५३ दशमलव ६ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । क्षेत्र नं १ को मतपेटिका राति अवेरसम्ममा सदरमुकाम ल्याइसकिने र क्षेत्र नं २ को भोलि बिहानसम्ममा कटारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा लग्ने बताइएको छ ।

सदरमुकामस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयमा तार जाली तथा सिस क्यामेरा जडान गरी चार ठाउँमा एकै प्रकृतिको गणनास्थल तयार पारिएको उहाँले बताउनुभयो । यसैगरी क्षेत्र नं २ को कटारीस्थित त्रिवेणी नमुना माध्यमिक विद्यालयमा पनि सो प्रकृतिको मत गणनास्थल तयार पारिएको छ । भोलि सोमवार बिहानबाट मत गणना सुरु गरिने उहाँले बताउनुभयो ।