• १३ असोज २०८१, आइतबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

blog

तस्बिरः गोरखापत्र

पर्वत, मङ्सिर ४ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गर्नुभएको छ ।

उहाँले पशुपति केन्द्रबाट बिहान ७ः३० बजे मतदान गर्नुभएको हो। प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुग्नुभएको थियो।  प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्र रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ।