तनहुँ, मङ्सिर ४ गते । जिल्लाको भानु नगरपालिका–५ स्थित ११३ वर्षीया गोपीमाया पोख्रेलले आज मतदान गर्नुहुने भएको छ । मतदान ठूलो दान हुने भएकोले मतदान गर्न जाने पोख्रेलले बताउनुभयो ।
शताब्दीपछिको उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको पोख्रेल बताउनुहुन्छ । स्थानीय महादेवता प्रावि मतदान केन्द्रमा उहाँले भोट हाल्दै हुनुहुन्छ । राम्रोसँग आँखा देख्न नसक्ने भएकाले छोराको सहयोगमा भोट हाल्न लगाउने उहाँले बताउनुभयो । आफूले भोट दिएका व्यक्तिले जितेर राम्रो काम गरुन् भन्ने चाहना भएको उहाँले व्यक्त गर्नु भयो ।
पोख्रेलले गत जेठमा सम्पन्न भएको स्थानीय तह निर्वाचन पनि मतदान गर्नु भएको थियो । भोट हाल्नको लागि निकै उत्साहित हुनुभएको उहाँको नाति भरत पोख्रेलले बताउनुभयो । वि.सं. १९६६ भदौ ६ गते जन्मनुभएकी पोख्रेलले आफन्तको सहयोगमा मतदान गर्नुभएको थियो ।