• १३ साउन २०८१, आइतबार

सत्ता सङ्घर्ष प्रकाशित

blog

काठमाडौँ, कात्तिक ३० गते । वि.सं. २०४६ को जनआन्दोलनले ३० वर्षे पञ्चायती शासन ढालेर प्रजातन्त्र पुनस्र्थापना भई शासनव्यवस्था जनप्रतिनिधिका हातमा आएपछि दलीय दाउपेच र अन्तद्र्वन्द्वले मुलुक दिशाहीन मात्र बनेन, अस्थिरताको दलदलमा फस्यो। 

२०४८ सालको निर्वाचनदेखि २०७८ सालसम्मको ३० वर्षको अवधिमा २८ सरकार बने। यिनै २८ सरकारको नालीबेली बताउने पुस्तक ‘सत्ता सङ्घर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’ प्रकाशित भएको छ। पत्रकार रामकृष्ण भण्डारीले लेख्नुभएको पुस्तक साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो।  

पुस्तकमा पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्रीलगायत महत्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेर प्राथमिक स्रोतलाई महत्व दिनुभएको छ। रोचक र तथ्यपरक शैलीमा लेखिएको पुस्तक नेता, राजनीतिशास्त्रका विद्यार्थी, अध्ययन–अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठकसमेतलाई नेपालको सरकार गठन, विग्रह र सञ्चालन बुझ्ने ‘ह्यान्डबुक’ हुनेछ। पुस्तकमा प्रस्तुत अनेकौँ दृष्टान्तले पुस्तकलाई पठनीय मात्र बनाएको छैन; दल तथा तिनका नेताको सत्तामोहमा घनीभूत विमर्श हुनुपर्ने आवश्यकता पनि पहिल्याएको छ। 

पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दलहरू तथा तिनका नेतृत्व अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भनेर समकालीन समयलाई फर्केर हेर्न प्रशस्त खुराक पस्केको छ।