• १२ असोज २०८१, शनिबार

पाँचथरका म्यादी प्रहरीलाई योग प्रशिक्षण

blog

पाँचथरको सदरमुकाम फिदिममा आयोजित योग शिविरमा सहभागी म्यादी प्रहरी। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, कात्तिक २५ गते । पाँचथरमा म्यादी प्रहरीलाई योग प्रशिक्षण दिइएको छ । फिदिमस्थित कर्भड हलमा १ सय १० जना म्यादी प्रहरीलाई योग प्रशिक्षण दिइएको हो ।

कात्तिक २१ गते सुरु भएको प्रशिक्षण २५ गते सकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहभागीलाई पतञ्जलि योग समिति नेपाल पाँचथरका अध्यक्ष हरिप्रकाश सुवेदी र युवा संयोजक शङ्कर आत्माले प्रशिक्षण दिनुभएको हो । तालिममा योग अभ्यासका ७९ आशन र ध्यानसहित ५ वटा प्राणायामको अभ्यास गराइएको प्रशिक्षक सुवेदीले बताउनुभयो ।