हरान, कात्तिक १० गते । इरानको दक्षिणी सिराज सहरमा भएको आ्तङ्ककारी हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।बुधबार सो सहरमा अवस्थित साचेराग नामक एक धार्मिकस्थलमा सो हमला भएको थियो ।
इरानी गृह मन्त्रालयले आतंककारी हमलामा परेर १३ जनाको ज्यान गएको र अरु २१ जना घाइते भएका जनाएको छ ।आतङ्ककारीहरुले शक्तिशाली आक्रमण गरेकाले घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेलाई उपचारार्थ अस्पताल राखिएको छ ।
आतङ्ककारी हमलामा परी मारिनेमा एकजना महिला र अरु दुई बालबालिका पनि परेका छन् । सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ । मारिनेमा उनीहरु नै बढी परेका पनि समाचारमा जनाइएको छ । आक्रमणमा तीन जना हमलाकारी रहेका पाइएको छ । तीमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले यसको अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानबाट यस हमलामा यहाँको ताकफिरी नामको आतङ्ककारी समूह संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा