• १६ भदौ २०८१, आइतबार

हिमाल चढ्दा बिरामी परेकाको नेता पौडेलद्वारा उद्धारमा सहयोग

blog

फाइल तस्बिर

अमरराज नहर्की

तनहुँ, असोज २६ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मनाङ जिल्लास्थित नार्पा भूमि गाउँपालिका अन्तर्गत हिम्लुङ्ग हिमाल आधार शिविरमा बिरामी परेका आरोहीको उद्धारमा सहयोग गर्नुभएको छ । 

बिरामी पर्नुभएका कृष्ण थापा मगर, हरी बुढा मगर र नन्दबुढा मगरको उद्धार गर्नुभएको हिमालय फिटनेस एण्ड वेलननेस सेन्टर काठमाडौंका निर्देशक सूर्य गेलाङ मगरले जानकारी दिनुभयो । आरोही बिरामी परेपछि वरिष्ठ नेतालाई खबर गरेको वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री, गृह र रक्षा मन्त्रीलाई फोन गरेर तत्काल उद्धारको लागि पहलकदमी गरी बिरामीको उद्धार गर्नुभएको मगरले बताउनुभयो । 

नेपाली सेनाका पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्री समे उद्धार कार्यको लागि मद्दत गरेको उहाँले जानकारी दिनुभयो । हिम्लुङ्ग हिमाल आधार शिविर समुन्द्री सतहदेखि ४६०० मिटर उचाइमा अवस्थित छ । हिम्लुङ्ग हिमाल आधार शिविरलाई “करी कप्लर बेस क्याम्प’’ वा “नयाँ आधार शिविर’’ समेत भनिन्छ । 

केही साता अगाडि हिमाल आरोहण गर्न पुगेको ३० जानमध्ये ३ जना बिरामी भएकाले नेपाली सेनाको हेलिकप्टरबाट बुधबार दिउँसो ४ बजे काठमाडौं ल्याइएको मगरले बताउनुभयो । बिरामी अलपत्र परेको खबर प्राप्त हुनसाथ उद्धारको लागि सम्बन्धित निकायमा टेलिफोन गरेको वरिष्ठ नेता पौडेले बताउनुभयो ।