• १३ साउन २०८१, आइतबार

साहित्यिक महोत्सव आयोजना हुँदै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २६ गते । नेपाल र भारतका चर्चित स्रष्टा तथा साहित्यकारहरू सहभागी हुने कलिङ्गा साहित्यिक महोत्सव आयोजना हुनेभएको छ । असोज २९ र ३० गते काठमाडौँमा आयोजना हुने सो साहित्यिक महोत्सवमा दुई देशका तीन सयभन्दा बढी साहित्यकारको सहभागिता रहने आयोजकले जनाएको छ । 

नेपाल र भारतका ४० जना साहित्यकारले महोत्सवमा विभिन्न  प्रस्तुति दिनुहुने जनाइएको छ । महोत्सवबारेमा जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा साहित्यकार डा. तुलसी दिवस, दिनेशहरि कोइराला, माया ठकुरी लगायतले यसखाले साहित्यिक महोत्सवले नेपाल र भारत तथा दुई देशका साहित्यकारबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवले नेपाल र भारतको साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशवीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउने तथा कला, संस्कृति र साहित्यको प्रवर्धन र विश्वव्यापीकरणमा सहयोग पुग्ने आयोजकले बताएको छ । ‘भारत र नेपाल सभ्यताको यात्रा र आत्माको खोजी’ नाराका साथ साहित्यिक महोत्सव गर्न लागिएको छ ।