• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि बिजुली छैन

blog

पुष्कर भण्डारी 

डडेल्धुरा, असोज २४ गते । कैलालीको गोदवरीमा बिजुलीको टावर ढलेपछि आइतबार बेलुकीदेखि सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाहरुमा बिजुली छैन । आइतबार बेलुकी ६ः०० बजेको समयमा गोदावरीको भ्यागुतेपानीमा बिजुलीको टावर ढलेको विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख निरञ्जन शाहले जानकारी दिनुभयो ।

बिजुली नहुँदा सात पहाडी जिल्लाका स्थानीयको जनजीवन प्रभावित भएको छ । आइतबार राती स्थानीय अन्धकारमा बस्न बाध्य भए । विद्युतबाट हुने कामकाज ठप्प छन । टावर भत्किएपछि वैकल्पिक उपायको काम भइरहेको उहाँले बताउनुभयो । पोल गाड्ने र पुरानो लाइनबाट विद्युत प्रवाह गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

पुरानो लाइनबाट ल्याउदा भार धेरै हुने र बेला बेलामा बत्ती जाने समस्या हुने उहाँले बताउनुभयो । मौसम बदली र हल्का वर्षाले काम गर्न समस्या भइरहेको छ । उहाँले भन्नुभयो, आज बेलुकीसम्म बत्ती बल्ने प्रयास गरिरहेका छौं।