• १३ साउन २०८१, आइतबार

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर दुईको मृत्यु

blog

सांकेतिक तस्बिर

अविनाश चौधरी

धनगढी, असोज २० गते । बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर गए राति कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार से ७ प ४७६५ नम्बरको मोटरसाइकल पुनर्वास नगरपालिका –७ अमरबस्तीस्थित बिजुली पोलमा ठोक्किएको थियो । 

दुर्घटनामा परी धनगढी उपमहानगरपालिका –३ चटकपुरका २३ वर्षीय मोटरसाइकल चालक गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका –१० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटना राति करिब साढे १० बजेतिर भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो । 

मोटरसाइकल ठोक्किएर विद्युत् पोलसमेत भाँचिएको प्रहरीले जनाएको छ । दुवै जना पुनर्वासबाट त्रिनगर भन्सार नजिक रहेको डोकेबजार आउने क्रममा दुर्घटना भएको बुझिएको मल्लले बताउनुभयो ।