• ११ असोज २०८१, शुक्रबार

मावल टिका लगाउन गएकी बालिकाको सर्पले डसेर मृत्यु

blog

फाइल तस्बिर

दमक, असोज २० गते । झापाको गौरादह -९ स्थित बैगुन्धुरामा सर्पले डसेर एक बालिकाको ज्यान गएको छ । दमक नगरपालिका वडा नं. २ बाट मावल बैगुन्धुरा दशैमा टिका लगाउन गएकी ८ वर्षीया बालिका श्रुति सापकोटालाई बिहीबार बिहान डेढ बजेतिर भुईँमा सुतिरहेको अवस्थामा गोमन सर्पले टोकेको थियो ।

दमक वडा नं. २ का वडाध्यक्ष प्रजापति सापकोटाका नातिनी तथा नेकपा एमालेको भगिनी सङ्गठन अखिल नेपाल महिला सङ्घ प्रदेश एक कमिटी अध्यक्ष शुभेच्छा सापकोटाकी छोरी श्रुतिलाई सर्पले डसेर घाइते भएपछि उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जनाइएको छ ।

सुतिरहेको अवस्थामा गोमन सर्पले टोकेपछि बालिकाले खुट्टा पोल्यो भनेर रुन र चिच्याउन थालेपछि अभिभावले थाहा पाएर तत्काल अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

Author

विष्णुप्रसाद पोखरेल