• १६ भदौ २०८१, आइतबार

'दुई नम्बरी'को अग्रिम टिकट बुकिङ सुरु

blog

काठमाडौं, असोज २० गते । दयाहाङ राई र सौगात मल्ल अभिनीत फिल्म ‘दुई नम्बरी’को अग्रिम टिकट बुकिङ सुरु भएको छ । क्यूएफएक्सले देशभरका आफ्ना आउटलेमा फिल्मलाई ३५ शोज दिएको हो । 

क्यूएफएक्सले अग्रिम टिकट विक्रीसमेत सुरु गरिसकेको छ । आइएनआई, वान सिनेमाज्, बिग, एफक्यूव, कीर्तिपुर, रञ्जना मल्टिप्लेक्सले पनि फिल्मलाई उल्लेख्य सो दिएका छन् । 

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरीलगायतको अभिनय देख्न सकिन्छ । दीपेन्द्र लामाको निर्देशनमा बनेको यो फिल्ममा भुटानी अभिनेत्री उगेन छोदेनकोसमेत अभिनय रहेको छ ।

फिल्म दिपक मनाङे, अमला देवी राई र जयश श्रेष्ठको लगानीमा निर्माण गरिएको हो ।