• १६ भदौ २०८१, आइतबार

‘नालापानी’को ट्रेलर रिलिज

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १५ गते । चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाइँलाई देखाइएको छ । तिहारको छेको पारेर कात्तिक ४ बाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्नुभएको हो । 

चलचित्रमा देशभक्त खनाल, अर्जुनजङ्ग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, सारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत विष्ट, युगजङ्ग कार्की, सिमन खड्का, सुशील खड्का (डेभिड), बालकलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलियाका साथै विदेशी कलाकारहरू एन्ड्रोइन डङ्कन, रेचल मोलेस, पल विकिन्सन, सामलगायतको अभिनय छ ।