• ८ मंसिर २०८१, शनिबार

द्वन्द्व र जलवायु परिवर्तनका कारण खाद्य सङ्कट

blog

फाइल तस्बिर

रोम, असोज  १३ गते । विश्व खाद्य सङ्गठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा सङ्कटपूर्ण रुपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य सङ्कट बढ्दै गएको पाइएको छ ।

विश्वमा अहिलेका तुलनामा आगामी दिनहरुमा खाद्यान्नको सङ्कट बढ्दै जाने देखिएको चेतावनी सो सङ्गठनले बुधबार दिएको हो ।

विश्वमा अहिले खाद्यान्न सङ्कटको समस्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । त्यसका विभिन्न कारण छन् । तीमध्ये विश्वका विभिन्न देशमा जारी रहेको आन्तरिक द्वन्द्व र जलवायु परिवर्तन पनि कारक रहेको सो सङ्गठनले जनाएको हो ।

विश्व खाद्य सङ्गठनका महानिर्देशक क्यु दोङ्युले सो कुरा बताउनुभएको हो । उहाँले यसअघि पनि विश्वका विभिन्न देशमा जारी रहेको आन्तरिक द्वन्द्व खाद्य सङ्कटको कारक रहेकामा अहिले त्यसमा फेरि रुस र युक्रेन थपिएको बताउनुभयो ।

उहाँले रुस र युक्रेनको युद्धले गर्दा विश्वमा खाद्यान्न सङ्कट बढ्दै गएको बताउनुभयो । यी दुई देशका युद्धका कारण विश्वका अन्य देशहरुमा खाद्यान्न आपूर्ति तथा उत्पादनकै क्षेत्रमा पनि सङ्कट बढेको बताउनुभएको हो । रासस/सिन्ह्वा