• १२ असार २०८१, बुधबार

पर्यटकलाई भव्य स्वागत

विमानस्थल सञ्चालन गर्न दबाब

blog

रमेश पौडेल 

पोखरा, असोज १२ गते ‘पर्यटनका लागि पुनर्विचार गरौँ’ भन्ने नाराका साथ ४३औँ विश्व पर्यटन दिवस पोखरा सहरमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यो दिवसको अवसर पारेर पर्यटकलाई स्वागत सत्कारदेखि लेकसाइड मिनी सडक महोत्सव, अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अन्तक्र्रिया र हाइकिङसम्मका कार्यक्रम आयोजना गरिएका छन् । 

पोखरा विमानस्थलमा मङ्गलबार बिहानको पहिलो उडानमार्फत एवं स्थलमार्गबाट पोखरा प्रवेश गर्ने पर्यटकलाई पर्यटन बसपार्कमा पञ्चेबाजा र झाँकीसहित स्वागत सत्कार गरिएको छ । 

पोखराको पर्यटन व्यवसायी, गण्डकी प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा पर्यटकको स्वागत सत्कार गरिएको हो । सो अवसरमा गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठलगायत पर्यटन व्यवसायसँग सम्बद्ध सङ्घ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो । 

पोखरा पर्यटन परिषद् अध्यक्ष श्रेष्ठले विमानबाट पोखरा आएका भारतीय पर्यटक भारती पाण्डे, स्पेनका नागरिक इर्न अर्टिज रोबियो र स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गर्नुभयो । उहाँहरू तीनै जनासहित पहिलो उडानमार्फत पोखरा भित्रिएका पर्यटकका लागि विभिन्न प्याकेजमा छुटको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसैबीच गण्डकी प्रदेश पर्यटन मन्त्रालयले ‘अन्तर्राष्ट्रिय विमानस्थल र विश्व पर्यटन बजार’ विषयक अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरेको छ । त्यस अवसरमा भौतिक पूर्वाधारमन्त्री कुमार खड्काले पोखरा विमानस्थल सञ्चालनका लागि प्रदेश सरकार निरन्तर लागिपरेको बताउनुभयो । 

पर्यटनमन्त्री मणिभद्र शर्माले विमानस्थलका लागि आवश्यक भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको र निर्धारित मिति पुस १७ गतेमै सञ्चालन गरिने बताउनुभयो । उहाँले पोखरा विमानस्थललाई विश्व बजारमा प्रचार गर्न आवश्यक रहेकाले सोहीअनुसारको ‘मार्केट’ आवश्यक पर्ने र त्यसका लागि मन्त्रालय लागिपरेको बताउनुभयो । 

प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले पोखरा साहसिक खेलकुद तथा पदयात्राका लागि महìवपूर्ण गन्तव्यस्थल रहेकाले यसको अन्तर्राष्ट्रिय क्षेत्रमा नै उचित प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विमानस्थल सञ्चालनका लागि ल्यान्डफिल साइट स्थानान्तरण छिटै हुने आश्वासन दिनुभयो । 

त्यस अवसरमा विभिन्न अन्तर्राष्ट्रिय एयरलायन्सका प्रतिनिधिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्नुभएको थियो । नेपाल सरकारले आवश्यक पूर्वाधार निर्माण गरेमा सो विमानस्थलमा उडान सञ्चालन गर्न सकिने सुझाव दिएका थिए । त्यस्तै पर्यटन दिवसकै अवसरमा टे«किङ एजेन्सी एसोसिएसन नेपाल (टान) गण्डकीले एक दिने हाइकिङ कार्यक्रम गरेको  छ । पोखरा–१३ को काहुँखोलाबाट सुरुभएको हाइकिङ भञ्ज्याङ, चिप्लेंटी, महाप्रभुधाम, मणिदीप र कसेरीसम्म गरिएको टानका अध्यक्ष सुशीलराज पौडेलले बताउनुभयो । रेस्टुरेन्ट व्यवसायीको छाता सङ्गठन रेवान पोखराले पनि मिनी सडक महोत्सवको आयोजना गरेको छ । सो महोत्सवमा विभिन्न खानाका परिकारसहित सांस्कृतिक कार्यक्रमसमेत रहेको थियो । 

महोत्सवमा स्वदेशी र विदेशी खानाका परिकार, विभिन्न जातजातिका सांस्कृतिक नृत्य, गन्धर्व गायन, नेवारी लाखे नाच, पञ्चेबाजा र पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको रेवान उपाध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुभयो । नेपाल घुम्न आउने पर्यटकमध्ये ४० प्रतिशत पर्यटक अन्नपूर्ण पदयात्रासँगै पोखरा क्षेत्रमा घुम्न आउने तथ्याङ्क रहेको पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशी भण्डारीले जानकारी दिनुभयो । सरकारले कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्न पूर्वाधार निर्माण, यस क्षेत्रका उद्योगी व्यवसायीका लागि विभिन्न राहत तथा छुट सुविधा प्रदान गरिने बताइएको छ । 

प्रदेश संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम अगाडि बढाएको छ । सरकारले हालै नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना, २०७९ ल्याएको छ । यसले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न विभिन्न कार्यक्रम अगाडि बढाएको जनाइएको छ । सो कार्ययोजनाअन्तर्गत सन् २०२३ देखि २०३२ लाई नेपाल भ्रमण दशक मनाउने घोषणा गरिएको छ ।